Section 71
बचतको बाँडफाँट गर्नु पर्ने
(१) मुनाफामा सरीक हुने गरी बीमालेख जारी गरिएको जीवन बीमा व्यवसायमा बीमाङ्गीको मूल्याङ्कन प्रतिवेदनको आधारमा बीमकले जीवन बीमा व्यवसायबाट भएको बचतको बाँडफाँट तथा व्यवस्था (प्रोभिजन) गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम बचत बाँडफाँट तथा व्यवस्था गर्न बीमकले प्राधिकरणको स्वीकृति लिई बचतको कम्तीमा नब्बे प्रतिशत रकम जीवन बीमा कोषमा सार्नु पर्नेछ।

(३) जीवन बीमा व्यवसायबाट भएको बचत बाँडफाँट तथा व्यवस्था (प्रोभिजन) सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।